१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

१५ वर्षीया बालिकालाई पालैपालो करणी गर्ने तीन जना पक्राउ



जनकपुरधाम । महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए । घटना गत २३ गते रातिको हो ।

प्रहरीका अनुसार राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । बालिकाले भनेको हुलियाको आधारमा बिहीबार राति ८ बजे उनीहरुलाई पक्राउ गरी पीडित बालिकाबाट सनाखत समेत गराई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको र फरार एकजनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !