१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

प्रचण्डले प्रधानमन्त्री बनेको एक वर्षसम्म पनि केही काम गरेनन् : खनाल



पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री बनेको एक वर्षसम्म पनि केही काम नगरेको आरोप लगाएका छन् । पोखरामा शनिवार समाजवादी प्रेस संगठन नेपाल कास्की समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री प्रचण्डलाई जोगी सबै आए पनि कानै चिरेको संज्ञा दिएका हुन् । ‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौँ । एक वर्ष भयो । मान्छेले आस मार्न छोडेका छन् । जोगी त सबै आए । तर, कानै चिरेका,’ उनले भने । वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको नेता खनालले सुनाए । अहिलेको मौसम बदलिएपछि गठबन्धन पनि बदलिने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !