१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चुनावपछि इमरान खानलाई १२ वटा मुद्दामा जमानत मिल्यो



एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खनाललाई राहत मिलेको छ। पाकिस्तानी सञ्चारमाध्यम एआरवाईका अनुसार इमरानलाई ९ मेमा भएको हिंसाको घटनासहित १२ वटा मुद्दामा जमानत मिलेको हो। यसका अलावा पीटीआई नेता एवम् पूर्वविदेशमन्त्री शाह महमुद कुरैशीलाई पनि १३ वटा घटनामा धरौटीमा छुट्ने सुविधा मिलेको छ। समाचार अनुसार एन्टी टेररिजम कोर्टमा यी मामिलामा वकिलहरूले फैसलाअघि केही समय मागेका थिए। तर अदालतले वकिलहरूलाई समय नदिई इमरान र कुरैशीलाई जमानत दिने फैसला सुनाएको हो। गत मे महिनामाइमरान खानको गिरफ्तारीपछि देशभर हिंसा भड्किएको थियो। पीटीआई कार्यकर्ता र समर्थक सडकमा उत्रिएर खानको रिहाई की माग गरेका थिए। यस क्रममा उनीहरूले सैनिक हेडक्वार्टर समेत सहिद स्मारकमा हमला गरेका थिए।


प्रतिक्रिया दिनुहोस !