१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दुई जना हत्याका आरोपित पक्राउ



काठमाडौं । काठमाडौंको गौशाला र टोखामा हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । गौशालाको विजयचोकस्थित एउटा गेस्टहाउसमा रामेछापकी प्रमिला दमाईंको हत्या गरिएको थियो । टोखामा ओखलढुंगाका २३ वर्षीय दिपेश खड्काको हत्या गरिएको थियो । दुवै ठाउँका फरक–फरक हत्या आरोपितलाई काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार पक्राउ गरेको स्रोतले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, प्रमिलाको हत्या दोलखाका युवकले गरेको खुलेको छ । उनलाई बानेश्वरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप बयान लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । विवाहेतर सम्बन्धका कारण प्रमिलाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुवैजनाको शव प्रहरीले शनिबार फेला पारेको थियो ।


प्रतिक्रिया दिनुहोस !