१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

डेब्यु खेलमै हेमन्त धामीले लिए तीन विकेट, नेपाललाई मध्यम लक्ष्य



काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा डेब्यु गरेका नेपालका तीव्र गतिका बलर हेमन्त धामीले तीन विकेट लिएका छन् । उनले आठ ओभर बलिङ गर्दै ५० रन दिएर तीन विकेट लिए । क्यानडाका श्रेयस मोभालाई २५ रनमा आउट गरे भने त्यस्तै डिल्लोन हाईलिगरलाई ४ रनमा आउट गरे । यो अघि धामीले आरोन जोनसनलाई ४ रनमा आउट गराउँदै डेब्यु विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले दुई विकेट, ललित राजबशीले एक र आकाश चन्दले एक विकेट लिए । क्यानडाले नेपाललाई २३३ रनको मध्यम लक्ष्यलक्ष्य दिएको छ ।


प्रतिक्रिया दिनुहोस !