१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

एमालेका उम्मेदवारले सत्ता गठबन्धनका उम्मेदवारलाई हराए



रुपन्देही । प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ स्थित अमर क्याम्पस सञ्चालक समिति अध्यक्षको निर्वाचनमा एमाले पक्षीय उम्मेदवार विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका स्वर्गद्वारी नगरपालिकाका पूर्वमेयर नेत्रबहादुर रोकाय क्षेत्रीले स्वर्गद्वारी नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुवर्णकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । खसेको ५६ मध्ये ३४ मत पाएर रोकाय निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी श्रेष्ठले २० मत पाएका थिए। २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । माडी क्षेत्रको एकमात्र अमर क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सोमबार निर्वाचन भएको थियो । निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।


प्रतिक्रिया दिनुहोस !