१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गर्भनर अधिकारीको राजीनामा माग्दै बालुवाटार पुगे लघुवित्त पीडित



लघुवित्तपीडितरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् ।

लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने र कालोसूचीमा परेकाको धितो फुकुया गर्नुपर्ने उनीहरूको माग छ । वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन् ।

लघुवित्त र मिटरब्याज पीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका थिए । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेका थियो । नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका छन् ।

उनीहरूले सामन्तीका अवशेषकारूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेका छन् ।
लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटरव्याज र लघुवित्तले जग्गा-जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ । तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ ।

गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !