१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दुई सातामै प्याजकाे भाउ १३.१० प्रतिशतले वृद्धि



दुई सातामा नै प्याज किलोको १० रुपैयाँ भन्दा बढिले बढिसकेको छ । कालीमाटी बजार विकास समितिका अनुसार आज, बिहीबार भारतीय प्याजको थोक मूल्य प्रतिकिलो ७२ रुपैयाँ ५० पैसा रहेको छ । जुन १५ दिन अघि माघ २३ गते, मंगलबार ६३ रुपैयाँमा खरिदबिक्री भएको थियो । यसरी दुई सातामा १३.१० प्रतिशतले वृद्धि भएको छ ।

भारतमा २ दिनमा प्याजकाे भाउ ४० प्रतिशतले बढ्याे

भारतले मूल्य नियन्त्रणमा राख्न र आन्तरिक उपलब्धता सुनिश्चित गर्ने भन्दै प्याज निर्यातमा लगाएको प्रतिबन्ध मार्च ३१ अथवा चैत १८ गतेसम्मकालागि नै जारी रहने भएको छ। भारत सरकारले २०२३ डिसेम्बर ८मा मार्च ३१ सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले अगस्टमा प्याजकाे निर्यात शुल्क लगाइएकाे थियाे ।

तर प्याज निर्यातमा प्रतिबन्ध फुकुवा भएको भ्रामक खबर बाहिरिएपछि भारतको सबैभन्दा ठूलो प्याज बजार, लासलगाउँमा प्याजकाे थोक बिक्री मूल्य गत फेब्रुअरी १७मा, शनिबार प्रतिक्विन्टल एक हजार २८० भारतीय रुपैयाँ थियाे । जुन फेब्रुअरी १९मा,साेमबार ४०.६२ प्रतिशतले बढेर एक हजार ८०० रुपैयाँ भारू पुगेको थियाे।

हिउँदे प्याज उत्पादन कम हुने भएकाले आमनिर्वाचन अगाडी चैत ३१ पछि पनि प्रतिबन्ध फुकुवा नहुने बताइएको छ । विशेषगरी महाराष्ट्रमा क्षेत्रफल कम भएका कारण प्याज उत्पादनमा कमी आउने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !