१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

विहेअघि दाँतको सर्जरी गर्न गएका युवकको मृत्यु



हैदराबादको एफएमएस इन्टरनेशनल डेन्टल क्लिनिकमा डेन्टर प्रोसिजरका लागि गएका एक युवकको मृत्यु भएको छ । मृतक २८ वर्षका व्यवसायी लक्ष्मी नारायण विन्जाम भएको बताइएको छ । बिहेको ठिक अघि दाँतको शल्यक्रिया गर्न उनी उक्त डेन्टल क्लिनिकमा गएका थिए । मृतकका परिवारका अनुसार १६ फेब्रुअरीमा लक्ष्मी नारायण एक्लै ‘स्माइल डिजाइनिङ’ प्रोसिजरका लागि दुबली हिल्सको रोड नम्बर–३७ मा रहेको एफएमएस इन्टरनेशनल क्लिनिकमा गएका थिए ।

साँझसम्म पनि छोरा घरमा नआएपछि लक्ष्मीका पिताले डेन्टल क्लिनकमा फोन गरे । फोनमा प्रोसिजर चलिरहँदा उनी बेहोस भएको भन्ने जवाफ आयो । कर्मचारीले लक्ष्मीलाई नजिकै रहेको अस्पताल लगिएको र त्यहाँ पुगेपछि उनको मृत्यु भइसकेको घोषणा गरिएको बताए ।

प्रोसिजरको बेलामा एनेस्थेसिया दिएपछि लक्ष्मी बेहोस भएको र मृत्युको कारण ओभरडोज भएको जुब्ली हिल्स प्रहरीमा दर्ता गरिएको उजुरीमा मृतकका परिवारले आरोप लगाएको छ । डेन्टल क्लिनिकको लापरवाहीका कारण मृत्यु भएको भन्दै प्रहरीले आईपीसीको धारा ३०४ ए अन्तर्गत डेन्टल क्लिनिकमाथि ऊजुरी दर्ता गराएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !