Monday, October 7, 2024

ट्रेन्डिङ :

यसरी शिशु लिएर फरार भएकी थिइन् मनकुमारी सिंह

काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-३ माझिफेदाकी २२ वर्षीया सविना श्रेष्ठ शुक्रबार बिहान ११ बजेतिर जेठानीको साथमा ओपीडी चेकजाँचका लागि काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पताल पुगेकी थिइन् । 

छोरीको एक्सरे गराएर उनी अस्पताल बाहिर घाममा तापिरहेका बेला अपरिचित महिला आएर भनिन्, ‘एकैछिन बच्चा दिनु न । बच्चा देखायो भने रिपोर्ट दिन्छ । म रिपोर्ट लिएर आउँछु ।’

त्याे बेला सविनाकी जेठानी अस्मिता श्रेष्ठ रिपोर्ट लिन अस्पतालभित्र थिइन्  । रिपाेर्टका लागि एकैछिन शिशु मागेकी ती महिला त्यहीँबाट गायब भइन् ।  त्यसपछि शिशुका बुबा पुजन श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । 

निवेदनपछि प्रहरीले सीसीटीभी फुटेज झिकाएर खोजी सुरु गरेको थियो । खोज्ने क्रममा प्रहरीले सीसीटीभीमा देखिएकी महिलाको पिछा गरेको थियो । ती महिला थिइन्, दैलेख घर भएकी मनकुमारी सिंह । 

प्रहरी डेरामा पुग्दा मनकुमारी हालसालैको सुत्केरीजस्तो अवस्था बनाएर बसेकी थिइन् । यो कार्यमा उनलाई श्रीमान् र दिदीले समेत सघाएका थिए । उनीहरूले बच्चालाई आफैंले जन्म दिएको दाबी गरेका थिए । 

सीसीटीभीमा मनकुमारीलाई चिनिसकेको प्रहरीले त्यसपछि उनीसहित श्रीमान् र दिदीलाई पनि नियन्त्रण गरेको हो । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?