१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी मृत फेला



दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिनुभयो ।

आइतवार दिउँसो २ बजेको समयमा आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !