१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेका मनकुमारीका पति र दिदी रिहा



थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरीमा संलग्न आरोपमा प्रहरीको नियन्त्रणमा रहेका दुई जना छुटेका छन् । दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहबाहेक उनका पति र दिदी छुटेका हुन् ।

दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र शारदा शाहीलाई थुनामुक्त गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने–‘चोरीमा संलग्न नदेखिएपछि उनीहरू दुई जनालाई छाडेका छौँ ।’

नरेन्द्र नेपाली सेनामा कार्यरत छन् । २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेको छ । शारदा चाहिँ आरोपी मनकुमारीकी दिदी हुन् । उनीहरू कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी स्थित एउटै घरमा बस्छन् ।

फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !