Sunday, April 27, 2025

ट्रेन्डिङ :

सुर्खेतमा गोली चलेको घटना : भारतीय सुटरसहित पाँच पक्राउ

spot_img
spot_img

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति एक जना व्यक्तिलाई लक्षित गरी गोली चलेको छ।

वीरेन्द्रनगरका स्थानीय विनोद गिरीले चलाएको गाडीलाई लक्षित गरी गोली चलाइएको थियो।

गाडीको चालक बसेका ठाउँमा लक्षित गरी एक राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गोली चले पनि गिरीलाई भने लागेको छैन।

राति पौने ९ बजेतिर वीरेन्द्रनगर–१ गौरीटोलमा गिरीले आफैँले चलाएको गाडीमा गोली प्रहार भएको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शनिबार राति चार जना र आइतबार बिहान एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए।

उनकाअनुसार पक्राउ परेकाहरूमध्ये एक जना भारतीय सुटर रहेका छन्। गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरेको खुलेको छ।

पक्राउ परेकाहरू माथि अदालतबाट म्याद थप गर्ने प्रक्रिया भइरहेको डिएसपी शाहीले बताए। पक्राउ परेकाहरूको बयानअनुसार अझै दुई जना पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन।

प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?