१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बिलखबन्दमा क्यान : रोहित पौडेलको कप्तानी र ब्याटिङमाथि गम्भीर प्रश्न



काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार भयो । चार खेल मध्ये तीन खेलमा नेपालको हार भयो । दोस्रो खेलमा नेदरल्याण्डलाई हराउनु बाहेक नामिबियाका अगाडी नेपाल निरिह बन्यो । यो प्रतियोगितामा कप्तान रोहित पौडेलको पनि बिजोग भयो । पछिल्लो समय रोहितको ब्याटबाट रन निस्किनै छाडेको छ । यो लिग टुको प्रतियोगितामा मात्रै होईन, क्यानडासँको एक खेल बाहेक अरुमा खेल उनको ब्याटबाट रन नै आएन । बरु उनको खेलको ब्याक्तिगत नतिजा हेर्दा ब्याटरबाट असफल हुँदै बलर बन्न थालेको आभास हुन थालेको छ । क्यानडाबिरुद्धको उनले लिएको चार विकेटले बलर बनेको समर्थकको दाबीलाई पुष्टि गर्छ ।

उनले ब्याटिङ गरेको हेर्दा कन्फिडेन्स (आत्मबल) गुमाईसकेको भान हुन्छ । क्यानडाविरुद्धको पहिलो खेलमा रोहित पौडेलले १७ बलमा कछुवाको गतिमा ८ रन बनाए । त्यस्तै दोस्रो खेलमा ८७ रन बाहेक लिग टुमा उनले सम्झनलायक प्रदर्शन रहेन ।नेदरल्याण्डविरुद्ध रोहितले दोस्रो खेलमा ४० बलमा १६ रन मात्रै बनाउन सके । त्यस्तै नामिबियाबिरुद्ध एक रन बनाएका कप्तान रोहित दोस्रो खेलमा शुन्य रनमा आउट हुन पुगे । यसरी रोहित पौडेललाई क्यानडाबिरुद्धको सिरिजमा सय रन कटाउन धौ धौ पर्यो भने, लिग टुमा त तीन खेलमा १७ रन मात्र बनाउन सके ।

अर्को अर्को तथ्य के पनि हो भने, उनले नेपालको कप्तानी सम्हालेदेखि नै ब्याटिङमा जम्न सकेका छैनन् । उनको सम्पूर्ण रणनीति अनुसार नै खेल खेलिने हो । उनको ठाउँमा अर्को मध्यमक्रमको फर्ममा रहेको ब्याटर ल्याउन सके नेपालको दुई सय रन कटाउन नसक्ने दयनीय अवस्थाबाट माथि उठ्ने थियो कि भन्ने क्रिकेट प्रेमीहरुको तर्क छ । प्रश्न बारम्बार उठ्न थालेको छ तर अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवलाई लत्याउँदै नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेल र नेपाली क्रिकेटमाथि बारम्बार अन्याय गरिहेको छ ।

त्यस्तै क्यानडाविरुद्धको कमजोर बलिङमाथि ब्याटको जादू चलाएका अनिल शाहको लिग टुमा ब्याट चल्न सकेन । भने ओपनिङमा आसिफ शेखले पनि फुल स्टेन्थका साथ ब्याटिङ गर्न नसक्दा नेपालको घरेलु मैदानमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । ओपनर अर्जुन साउदलाई टिमबाट हटाउँदा नेपाली टोलीलाई निकै क्षती भएको छ । साउद एक दिवशीय क्रिकेट टिमका लागि पोजिटिभ ओपनर ब्याटर हुन् तर अनिल साहको आगमनसँगै उनको टिमबाट बर्हिगमन भएको छ । ओपनिङ र मध्यक्रमका ब्याटर टिक्न नसक्दा नेपाल राम्रो स्कोर बनाउनबाट बारम्बार चुकिरहेको छ । अब अफ फर्ममा रहेका ब्याटरको ठाउँमा यु-१९ टिमका र नेपाल ए का फर्ममा रहेका ब्याटरहरुलाई टिममा समाबेश गर्न क्यानले निर्मम निर्णय लिनु पर्ने आवश्यकता देखिई सकेको छ । रोहितलाई कप्तानीको बोझ थेग्न हम्मेहम्मे परेको छ । त्यस्तै रोहितले विश्वका तेज बलरहरु र सर्ट बलहरुमा ब्याटबाट रन निकाल्न सक्दैनन् भन्ने उदाहरण एसियाकपको भारत र पाकिस्तानसँगको खेलबाट पनि पुष्टि भैसकेको छ । तसर्थ क्यानले बिलम्ब नगरी रोहित पौडेलको ठाउँमा नयाँ कप्तान चुनेर रोहितलाई ब्याटिङको मात्रै जिम्मेवारी दिने बेला भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस !