१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राष्ट्रपतिको भतिजलाई समाजकल्याण परिषदको उपाध्यक्ष बनाउन मन्त्रीको तोक



राष्ट्रपति रामचन्द्र पौडेलका भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सचिवलाई दबाब दिएका छन् ।

राष्ट्रपतिका भतिज चितवन रत्ननगरका अनिलराज पौडेललाई उपाध्यक्ष नियुक्त गर्न मन्त्री आचार्यले मन्त्रालयका सचिव सुमनराज अर्याललाई तोक आदेश दिएका हुन् ।

२६ माघमा मन्त्री आचार्य समक्ष परिषदमा राष्ट्रपति पौडेलका भतिज अनिलले ‘नियुक्ति दिलाई पाउँ’ भन्दै निवेदन दिएका थिए । पौडेलले पत्र लेखेको तीन दिनपछि २९ माघमा मन्त्री आचार्यले ‘श्री सचिवज्यू प्रक्रिया अघि बढाउन’ भनी तोक आदेश दिएका छन् ।

मन्त्री आचार्य राष्ट्रपति पौडेलका भाञ्जा हुन् ।


प्रतिक्रिया दिनुहोस !