१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भरतपुर महानगरपालिकाले विद्यालयहरुलाई इन्टरनेट र ल्यापटप उपलब्ध गराउने



काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तारका लागि बजेट उपलब्ध गराएको छ ।

कोभिड–१९ का कारण नियमित पठनपाठन अवरुद्ध भएकाले प्रविधिको उपयोग गरि डिजिटल सिकाइको लागि इन्टरन्टरनेट सुविधाको लागि बजेट र एक÷एक वटा ल्यापटप उपलब्ध गराउने भएको हो ।

इन्टरनेट सुविधाको लागि अहिले प्रति विद्यालय दश हजारको दरले रकम उपलब्ध गराएको महानगरका दस हजारका दरले रकम उपलब्ध गराइएको महानगरका शिक्षा अधिकारी शिक्षा विभागका प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

महानगरमा ७२ वटा आधारभुत र ५१ माध्यामिक विद्यालय छन् । अधिकारी पौडेलले भने, ‘छिट्टै प्रत्येक विद्यालयमा एक–एक वटा ल्यापटप वितरण गर्दैछौँ । यसको टेन्डर भैसकेको छ ।’ महानगरका माध्यामिक विद्यालयहरुका लागि भने पहिलेदेखि संघीय सरकारले नै इन्टरनेटको लागि प्रति विद्यालय वार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

ल्यापटप उपलब्ध गराएपछि विद्यालयका शिक्षकहरूले इन्टरनेटको उपयोग गरी बालबालिकालाई उपयोगी सामग्री खोज्न र सिकाउन पर्ने उनको भनाइ छ । विभिन्न वेबसाइट तथा युट्युबलगायतबाट उपयोगी सामग्री खोजी विद्यार्थीलाई रोचक ढंगले सिकाउँदा सिकाइ रूचीपूर्ण र दिगो हुने भएकाले यस्तो कदमको शुरुवात गरेको अधिकारी पौडेलले जानकारी दिए ।

साथै विद्यालयहरूले इमेलमार्फत महानगरमा पत्राचार गर्न र विद्यालयको एकीकृत शैक्षिक तथ्यांक भर्ने काम पनि अनलाइनबाट गर्न सल्लाह दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !