Wednesday, February 19, 2025

ट्रेन्डिङ :

चर्चित गजल गायक पंकज उधासको निधन

spot_img
spot_img

चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् । 

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए । पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उधास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उधासलाई गीतको निकै मन थियो । यही कारण पंकज उधास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?