२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

एमालेको पालिका अधिवेशन : शिक्षकले कार्यक्रम संचालन गरे, एक कार्यकर्ता मदिरा खाएर हल बाहिर सुते



दार्चुला । नेकपा एमालेको नौगाड गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भयो । अधिवेशनले पाँच जना पदाधिकारीसहित ३९ सदस्यीय पालिका कमिटी गठन गर्यो । बन्द शत्रबाट अध्यक्ष, उपाध्यक्ष, सचीव र दुई जना सहसचिव निर्वाचित भए । एमालेका नेताहरुले अधिवेशन सफल भएकोमा नयाँ निर्वाचित सदस्यहरुलाई बधाई दिए । तर रोचक कुरा भित्र एमालेको बन्द शत्र चलिरहेको थियो । बाहिर एक जना एमालेको अधिवेशनमा आएका कार्यकर्ता मदिराले मातेर सुतिरहेका थिए । अधिवेशनमा सहभागी हुन आएका कार्यकर्ता रक्सि खाएर बन्द शत्र चलिरहेको हल बाहिर सुतिरहेको फोटो सामाजिक संजालमा भाईरल भईरहेको छ । फोटोमा एक जना दिउँसै धुलो भएको मैदानमा सुतिरहेका छन् । फोटोमा एमालेको झण्डाले चौर भकिझकाउ बनेको छ ।

त्यस्तै एमालेको पालिका अधिबेशनमा रोचक कुरा पनि देखियो । अधिबेशनको कार्यक्रम संचालन बहालवाला शिक्षकले गरे । बहालवाला शिक्षकले एमालेको कार्यक्रम संचालन गरेपछि उनको चर्को आलोचना भैरहेको छ । संचालक जयभान ठगुन्ना नौगाड गाउँपालिका वडा नम्बर ४ घर भई गणेश बिनायक माबि सिप्टिमा राहतमा कार्यरत शिक्षक हुन् । बहालवाला शिक्षक तर एमालेको कार्यक्रम संचालक ठगुन्ना एमाले दार्चुला जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीका ज्वाँई र नवनिर्वाचित उपसचिव जानकी ठगुन्ना श्रीमान हुन् । बहालवाला शिक्षकले कुनै पार्टीको कार्यक्रम चलाउनु पेशाको मर्यादा विपरित भएकाले उनलाई तत्काल निलम्बन गर्नु पर्ने नौगाडमा आवाज उठेको छ ।


प्रतिक्रिया दिनुहोस !