Monday, March 17, 2025

ट्रेन्डिङ :

फरार घोषित भइन् बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदा

spot_img
spot_img

बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार फरार घोषित गरेको छ। 

उनीविरूद्ध सन् २०१९ को लोकसभा चुनावमा आचार संहिता उल्लंघन गर्ने उजुरी दर्ता भएको थियाे। उनीमाथि करिब ९ पटक गैर जमानती वारेन्ट पनि जारी गरिएको थियो। तर उनी अदालतमा उपस्थित भइनन्। लामो समयसम्म अदालतमा हाजिर नभएपछि उनलाई फरार घोषित गरिएको हो। 

जयाविरुद्ध अदालतले सिआरपिसीको धारा ८२ को कारबाही गरेको छ। पुलिस अधीक्षक राजेश द्विवेदीको अगुमाईमा टिक बनाएर ६ मार्च २०२४ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

जयाले सन् १९७९ मा रिलिज भएको फिल्म ‘सरगम’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले विभिन्न भाषामा ३०० भन्दाबढी फिल्ममा काम गरेकी छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?