१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

प्रेमी म्याथियास बोसँग विवाह बन्धनमा बाँधिदैछिन् बलिउड अभिनेत्री तापसी पन्नु



अभिनेत्री तापसी पन्नु छिट्टै विवाह बन्धनमा बाँधिदै छिन् । लामो समयदेखिको प्रेमी म्याथियास बोसँग तापसीले बिहे गर्न लागेको खबर यतिबेला भारतीय सञ्चारमाध्यमहरुमा व्याप्त छ । तापसी करिब १० वर्षदेखि मथियास बोसँग सम्बन्धमा छिन् । बिहेको लागि यी दुबैले उदयपुर रोजेको बताइएको छ ।

यस बिहेमा तापसी र म्याथियासका परिवारका सदस्यहरु मात्रै सहभागी हुनेछन् । समाचारहरुलाई पत्याउने हो बिहेमा बलिउड सेलिब्रेटीहरूलाई निम्तो छैन । विवाह सिख र ईसाई परम्पराअनुसार हुनेछ बताइएको छ । यसअघि प्रियंका चोपडा, परिणिती चोपडा, कट्रिना कैफ र कियारा आडवाणी लगायत अभिनेत्रीको बिहे पनि उदयपुरमै भएको थियो ।

तापसी  र मथियास १० वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । तर, यो जोडीले आफ्नो सम्बन्धलाई सधैं गोप्य राख्दै आएको छ । तापसीले प्रायः सामाजिक सञ्जालमा म्याथियाससँगको फोटो र भिडियो पोस्ट गरिरहेकी हुन्छिन् । तर यो जोडीले आफ्नो सम्बन्धबारे आधिकारिक घोषणा भने गरेको छैन ।

तापसीले म्याथियासलाई उनको बलिउड डेब्यू चश्मे बद्दूरको सुटिङका बेलामा भेटेकी थिइन् । तापसी पन्नु बलिउडका साथै तेलुगु र तमिल फिल्म उद्योगमा समेत काम गरिसकेकी छिन् । अभिनेत्रीले सन् २०१० मा तेलुगु फिल्म ‘झुम्मांडी नादम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनले करियर शुरुआत मोडलिङबाट गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !