१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतकाे मध्यप्रदेशमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २० घाइते



भारतको मध्यप्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ । पीडितहरू सोही गाउँका हुन् र नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !