Sunday, March 16, 2025

ट्रेन्डिङ :

मकवानपुरमा दूधको पैसा माग्दै किसान सडकमा

spot_img
spot_img

जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरको अगुवाइमा किसान सडकमा उत्रिएका हुन्। जिल्लाका विभिन्न स्थानीय तहबाट आएका किसानले दूधको पैसा पाउनुपर्ने माग गरेका छन्।

सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगहरूले किसानबाट किनेको दूधको रकम दिएका छैनन्। गत ६ महीनायता दूधको पैसा नभएको किसानले बताएका छन्।

मकवानपुरका करीब ६ हजार दुग्ध किसानले दूधको पैसा नपाएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले बताए। सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगले किसानलाई दूधको भुक्तानी गरेका छैनन्। मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ पाउन बाँकी रहेको संघका अध्यक्ष कँडेलले बताए।

देशभर दुग्ध किसानको करीब चार अर्ब रुपैयाँ भुक्तानी भएको छैन। सरकारी तथा निजी कम्पनीले ६ महीनादेखि दूधको पैसा नदिएर झुलाइराखेको किसानले बताएका छन्।

किसानले स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले विभागीय मन्त्री र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराइसकेका छन्।

त्यति गर्दा पनि दूधको पैसा नपाएपछि सडकमा उत्रिनुपरेको कँडेलको भनाइ छ। अब दूधको पैसा नपाउँदासम्म देशभर चरणबद्ध आन्दोलन गर्ने दुग्ध किसानले जनाएका छन्।

आन्दोलनरत किसानले दूधको रकम पाउनुपर्ने, दूध बिक्रीको ग्यारेन्टी हुनुपर्ने, मिल्क होलिडे सदाका लागि बन्द हुनुपर्ने, उत्पादनका आधारमा अनुदान दिनुपर्ने, प्रतिलिटर अनुदान कायम गर्नुपर्ने, किसानलाई सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने, सहकारी मार्फत पशुधन संरक्षण कार्यक्रम लागू हुनुपर्ने माग राखेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?