Saturday, January 18, 2025

ट्रेन्डिङ :

वन समितिको चुनावमा गठबन्धन हार्‍यो, दोब्बरभन्दा बढी मतले एमाले विजयी

spot_img
spot_img
spot_img

कपिलवस्तु र अर्घाखाँचीका ५ नगरपालिकामा कार्यक्षेत्र भएको कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको अधिवेशनमा सत्तारुढ दल निकटको गठबन्धनलाई हराउँदै एमालेबाट उम्मेदवार बनेका गङ्गेशनाथ तिवारी दोब्बरभन्दा बढी मतले विजयी भएका छन् ।

महाराजगन्ज नगरपालिका वार्ड नं ११ का तिवारी यसअघि कांग्रेसमा रहे पनि एक वर्षअघि एमाले प्रवेश गरेका थिए ।

कपिलवस्तुको क्षेत्र नम्बर २ र ३ मा पर्ने महाराजगन्ज, बुद्धभूमि, शिवराज र कृष्णनगर गरी ४ नगरपालिका र अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको ११ नम्बर वडा गरी २२ वटा वडाको वन क्षेत्रलाई समेटेर बनाइएको उक्त वन उपभोक्ता समितिमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको हो।

निर्वाचनमा एमाले र राप्रपाको एक समूह बनेको थियो भने अन्य दलहरूको एक समूह बनेको थियो । हरेक क्षेत्रबाट प्रतिनिधि छानिएर ती प्रतिनिधिबाट नेतृत्व चयन गर्ने विधि तय भएको थियो ।

निर्वाचनमा कुल खसेको १४७ मतमध्ये तिवारीले १०४ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रामकुमार यादवले ४१ मत पाए। १५५ मत रहेको मतदाता सूचीमा १४७ मत खसेको थियो। अर्का एक स्वतन्त्र उम्मेदवारले भने जम्मा दुई मत प्राप्त गरेका थिए ।

एमाले र कांग्रेस दुवैले आफ्नो अस्तित्वको लागि मिनी निर्वाचनको झझल्को दिने यो साझेदारी बनको निर्वाचनलाई लिएका थिए। सामाजिक संस्थामा भएको यो निर्वाचनले मिनी जनमत सर्वेक्षणको रूपमा लिएको एमाले नेताहरूले बताएका छन् । प्रत्येक वडाबाट ७/७ जना प्रतिनिधि चुनिने बेला नै कांग्रेस एमालेले निकै महत्वका साथ प्रतिस्पर्धा गरेका थिए।

वन क्षेत्र रहेका पालिकाहरूमध्ये ४ वटै स्थानीय तहमा ३ वटामा कांग्रेस र एक वटा पालिकामा राप्रपाले जितेको थियो। स्थानीय कार्यपालिकाको तर्फबाट पठाइएका ५ वटै प्रतिनिधि एमालेका उम्मेदवारलाई भोट नहाल्ने गरी छनौट भएका थिए।

एमालेले स्थानीय तहका प्रत्येक वडाबाट छानिएर आउने प्रतिनिधि एमालेको आउन नदिने योजनाका साथ एक वर्षदेखि निर्वाचन नभएको बताउँदै आएको थियो । नवनिर्वाचित अध्यक्ष तिवारी विगतमा कांग्रेसको क्षेत्रीय सचिव रहेका थिए ।

२०६७ सालमा कांग्रेसले उक्त साझेदारी बनको अध्यक्ष बनाएको थियो। ०७९ वैशाखदेखि तिवारी कांग्रेस त्यागेर एमाले प्रवेश गरेपछि यो पटक उनलाई हराउन ठूलो योजना बने पनि सफल भएको तिवारी बताउँछन् ।

समितिको उपाध्यक्षमा पनि तिवारी प्यानलकै मिनाकुमारी कुर्मीले जितेकी छन् भने सबै पदहरूमा एमालेले प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?