Thursday, January 16, 2025

ट्रेन्डिङ :

होस्टेलमा १४ वर्षीया किशोरीको रहस्यमय मृत्यु, प्रिन्सिपलसहित तीनजना पक्राउ

spot_img
spot_img
spot_img

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको रहस्यमय मृत्युबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्कुलका प्रिन्सिपल बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल छन्। कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिबार बिहान मृत भेटिएकी थिईन् । शालिनलाई होस्टेलको कोठाभित्र पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको खबर आएपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए। मृतक किशोरीका आफन्तले आत्माहत्या नभएर बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।

शालिन हजुरआमाकी दिदीको घरनजिकै रहेको विद्यालयमा पढ्दै आएकी थिइन्। शालिनका आमाबुवाको केही वर्षअघि डिभोर्स भएपछि उनी मामाघरकी हजुरआमाको साथमा थिइन्। उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ। मामाघरमा उनको हजुरआमा मात्रै छिन्। पढ्न सिकाउने मान्छे घरमा नभएपछि हजुरआमाले उनकी दिदीको घरनजिकैको विद्यालयमा भर्ना गरिदिएकी थिइन्। पढाईमा समस्या नहुने भन्दै उनलाई होस्टेल राखिएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?