२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

पार्टी सभापति भट्ट र उपसभापति बडूवालको घम्साघम्सी, मुख्यमन्त्री शाही हेरेकोहेरेई



काठमाडौं । । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा जिल्ला पार्टी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवालबीच माइन्यूट खोसाखोस भएको छ । बिहीबार जिल्ला कार्यसमितिको बैठक कैलालीको मोहन्याल गाउँपालिका–१ चोसे काँडामा राखिएको थियो । उक्त बैठकमा मुख्य आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई निम्त्याइएको थियो । तर, बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवाल बिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको हो ।

जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो । बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए । आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका थिए । जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम माइन्यूट मा उल्लेख गर्न नसकिने सभापति भट्टको भनाई थियो । जबसम्म प्रदेश अनुशासन समिति बाट पत्र आउँदैन तबसम्म नाम माइन्यूटमा उल्लेख नगर्ने उनले बताए । केहीछिन सभापति भट्ट र उप–सभापति बडूवालबीचच बोलाबोल समेत बन्द भएको थियो ।

यसअघिको जिल्ला समितिको बैठकमा पनि उपसभापति बडूवालको नाम माइन्यूटमा राखिएको थिएन । त्यस पटक आफूले विरोध नगरेको र दोस्रो पटक पनि त्यस्तै गरेपछि विरोध गरेको उपसभापति बडूवालले बताए । केन्द्रीय अनुसार आयोगले कारबाही नगरे सम्म कसैको पनि कारबाही नहुने भन्दै उनले आफू माथि सभापतिले प्रतिसोध साधेको बताए । सभापति भट्ट भने अनुशासन समितिले कारबाही सिफारिस गरेको व्यक्तिलाई जिल्ला समितिको बैठकमा उपस्थित नगराइने बताए । आजै ११ बजे कार्यसम्पादन को बैठक राखिएको र त्यसमा पनि उपसभापति बडुवालालई उपस्थित नगराइने उनले बताए । मुख्यमन्त्रीकै अगाडी सभापति र उपसभापति बिच माइन्यूट खोसाखोस भएपछि मुख्यमन्त्री शाहले पनि सहजीकरण गरेका थिए । एकातर्फ सभापति र उपसभापतिको विवाद अर्को तर्फ कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !