१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सत्ता गठबन्धनको फुट टर्यो, सबै मन्त्री फेर्ने कांग्रेस र माओवादीको सहमति



काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्त्री फेरबदल र राष्ट्रिय सभा अध्यक्षका विषयमा समझदारी नजिक पुगेका छन्। बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पठाएको उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टिमबीच भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी जुटेको हो। फागुन २१ गतेभित्र सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने समझदारी जुटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयका सदस्यहरूले जनाएका छन्। त्यसअनुसार प्रधानमन्त्रीले बुधबार नै कांग्रेस लगायतका दलहरूसँग एक साताभित्र नाम मागेका छन्।

प्रधानमन्त्रीको तयारी मन्त्री परिषदको टिम नै परिवर्तन गर्ने छ। टिम परिवर्तन गर्दा अर्थ माओवादी र गृह कांग्रेसले लिने गरि साटफेर गर्ने तयारी छ। २१ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यतालिका छ। परिस्थिति नबदलिए प्रधानमन्त्री प्रचण्डले २१ गते संसदमा सम्बोधन गर्नु अगावै मन्त्री बदलिने माओवादी र कांग्रेसका केही नेताहरूको भनाइ छ। कांग्रेसले वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनपछि मात्रै अर्थमन्त्रीसहित टिम परिवर्तन गर्न प्रस्ताव राखेको थियो । प्रचण्डले एक साताभित्र नयाँ नाम दिन भनेपछि खड्काले ‘प्रधानमन्त्रीले चाहँदा मन्त्री परिषद पुनर्गठन गर्न कांग्रेस बाधक बन्दैन’ भन्ने जवाफ दिएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्त्री हेरफेर गर्न अनौपचारिक रुपमा नाम मागिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !