१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाईते



विराटनगर । पूर्व–पश्चिम राजमार्गका मोरङको बेलबारीमा बेलबारीखण्डमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । शुक्रबार बिहान टिपरले बोलेरो जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएको मोरङका डीएसपी रन्जनकुमार दाहालले बताए । त्यसपछि सुमो वाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रीवाहक बसमा ठोक्किन पुगेको दाहालले जानकारी दिए ।

दुर्घटनामा परी झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया दीपा खनालको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा झापाकै बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । न्युरो अस्पतालमा अरू दुई घाइतेको उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !