१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चर्को दबाबमा रहेको नेपाल पहिले ब्याटिङ गर्दै, कुशलको ठाउँमा अनिल साह



काठमाडौं । टी २० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो । सिरिजका दुई खेलमा लगातार हार भोगेको नेपाललाई फाइनल सम्भावना बलियो बनाउन जित्नै पर्ने चर्को दबाब छ। पहिलो खेलमा नािमिबियासँग २० रनले पराजित भएको थियो। नेदरल्याण्डस्सँग भने २ रनले हारेको थियो। आज ओपनर कुशल भुर्तेलको ठाउँमा अनिल साहलाई टिममा समावेश गरिएको छ । यो अघिका दुई खेलमा कुशल शुन्य रनमा आउट भएका थिए ।


प्रतिक्रिया दिनुहोस !