१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

नामिबियालाई १८१ रनको चुनौती



काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आजको खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । खराब शुरुआत गरेको नेपाललाई आरिफ सेख र कुशल मल्लले सम्हालेर खेल्दा सम्मानजनक स्थितिमा पुर्याए । नेपालका लागि कुशल मल्लले सर्वाधिक ५४ रन बनाए । नामिबियाका सिकङ्गोले तीन विकेट लिए ।

आसिफ शेख १ रनमात्र बनाई बेन सिकोन्गोको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले २ चौका प्रहार गरी ९ बलमा १० रन बनाएर आउट भए । आरिफ जस्तै प्रतियोगितामा पहिलो खेल खेलिरहेका अनिलले ३ छक्का प्रहार गर्दै १७ बलमा २३ रन बनाए ।


प्रतिक्रिया दिनुहोस !