१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

छक्का चौका खाईरहेको नेपालका लागि जब दीपेन्द्रको १६ औँ र करनको चौथो ओभर टर्निङ पोईन्ट बन्यो



काठमाडौं । टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्यो । नेपालले निर्धारित २० ओभरमा दिएको १८१ रनको मध्यम लक्ष्य पाएको नामिबिया ११ रनको स्कोर भएको बेला सोमपाल कामीले पहिलो विकेट लिए । ३५ रनको स्कोर हुँदा करन केसीले नामिबियाका माईकल वन लिङ्गेनलाई बोल्ड गरे । त्यस्तै ७.३ ओभरमा ५० रन बनाएको बेला जेन कोट्जेलाई सोमपाल कामीले किपर आसिफको हातबाट क्याच गराए । त्यसपछि शुरु भयो मध्यमक्रमका ब्याटर जन फ्याङकलिक र जेजे स्मितको आक्रमक ब्याटिङ ।

शुरुमा धिमे गतिका खेलेका उनीहरुले आफ्नो खेलको १४ औ ओभर (प्रतिश जीसीको ) मा भीषण सट खेल्दै १७ रन बटुले । त्यस्तै करण केसीको पन्ध्रौँ ओभरमा बटुले पछि नेपाली समर्थकहरुलाई निराश पार्ने गरि छक्का र चौका बर्षाउँदै २३ रन लिएको नामिबियाको १५.१ ओभरमा १३३ रन पुग्यो । त्यति बेला नेपाली बलरलाई नामिबियन ब्याटर जन फ्याङकलिक र जेजे स्मितले प्रत्येक बलमा चौका र छक्का हान्न थालेका थिए । त्यसपछि जित्नै पर्ने दबाबमा रहेको नेपालका कप्तान रोहित पौडेलले स्पीनर दीपेन्द्रसिंह ऐरीलाई १६ औँ ओभरका लागि बल थमाई दिए । त्यो ओभर नै आजको नेपाल जीतको टर्निङ पोईन्ट बन्न पुग्यो । त्यो ओभरको पहिलो बलमा ऐरीले २५ बलमा छक्का र चौका बर्साएर ५० रन बनाएका जेजे स्मिथलाई अनिल साहको हातबाट क्याच गराए ।

त्यस्तै अर्को बल अघिल्लो नेपालविरुद्धको खेलमा ३३ बलमा शतक बनाएर विश्व रेकर्ड बनाएका लोफ्टोन एटोनलाई पनि शुन्य रनमै क्याच आउट गराएर निराश पार्दै घर फर्काए । त्यसपछि बलिङमा आएका अबिनास बोहराले सानदार योर्कर ओभर फाल्दै ५ रन मात्र दिए र एक विकेट पनि लिए । जितको नजिक जस्तो देखिएको नामिबिया हारतर्फ उन्मुख भएको परिस्थिति बन्यो । त्यसपछि अठारौँ ओभरमा नामिबियाका ब्याटरहरुले दुई चौका हिर्काएपछि खेल नामिबियाको पोल्टामा पर्ने अवस्था देखियो । त्यस्तै अघिल्लो तेस्रो ओभरमा सानदार बलिङ गरेका अबिनास बोहोरालाई पनि नामिबियाका ब्याटरहरुले नराम्ररी पिटे । त्यसरी १९ ओभर पूरा हुँदा नामिबियाले १६९ रन बनाएर बलियो पकड बनाई सकेको थियो । त्यो अवस्थामा नेपाली टिमका कप्तान रोहितलाई अर्को धर्म संकट आईलाग्यो ।

भर पर्दा बलरहरु सोमपाल, दीपेन्द्रको चार ओभर भैसकेको थियो । अर्कोतर्फ गुल्सन झालाई बलिङ गराईएको थिएन । त्यो अवस्थामा कि उनले युवा बलर प्रतिश जिसीलाई रोज्नु पथ्र्यो कि अनुभवी बलर करन केसीलाई । उनले आफ्नो तेस्रो ओभरमा पिटएर २३ रन दिएका अनुभवी बलर करन केसीको हातमा बल थमाए । उनले पनि डेथ ओभर भएको हुँदा योर्कर बल फाल्न शुरु गरे । पहिलो बलमा एक, दोस्रोमा एक र तेस्रो बल वाईड फाले त्यसपछि तीन बलमा नामिबियालाई ९ रन आवश्यक थियो । एक चौका र एक छक्का वा दुई चौका र एक रन लिएको भए पनि नामिबियाले खेल जित्न सक्थ्यो । तर त्यसको ठिक उल्टो करनले चौथो बल डट फाले । त्यसपछि पाँचौ बलमा करनले एक रन मात्रै दिए । अन्तिम एक बलमा नामिबियालाई आठ रन आवश्यक थियो ।

तर करनको बलमा नामिबियाले चौका हान्यो त्यसपछि नेपाल विजयी बन्यो । सोमपाल कामी र अबिनास बोहोराको पेचिलो बलिङ, करन केसीको अन्तिम ओभरको महत्वपूर्ण पूनरागमन र १६ औँ ओभरको दीपेन्द्रको बलिङ टर्निङ पोईन्ट बन्यो ।खेलमा रोमान्चक विजयी बनेको नेपालले फाईनल खेल्ने आशा भने जिबितै राखेको छ । यो अघि खराब शुरुआत गरेको नेपाललाई आरिफ सेख र कुशल मल्लले सम्हालेर खेल्दा सम्मानजनक स्थितिमा पुर्याएका थिए। नेपालका लागि कुशल मल्लले सर्वाधिक ५४ रन बनाए । आरिफले ३३, गुल्सनले २६ अनिल साहले २३, दीपेन्द्रले १६ रन बनाए । आसिफ शेख १ रनमात्र बनाई बेन सिकोन्गोको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले २ चौका प्रहार गरी ९ बलमा १० रन बनाएर आउट भए । उता नामिबियाका तेज बलर सिकाङ्गोले तीन विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !