१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सुदूरपश्चिमको स्थायी राजधानी दुई बर्षसम्म जंगलमै



कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत अहिलेसम्म प्रदेश सरकारले प्राप्त गर्न सकेको छैन ।

२०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । यो स्थानको जग्गा वन क्षेत्रमा पर्छ ।

सोमबार प्रदेश सभाबाट राजधानी घोषणा भएको २ बर्ष पूरा भएको छ । तर, प्रदेश सरकारले राजधानी कार्यान्वयन गर्न सकेको छैन ।

प्रदेश सभाले राजधानीको स्थान र नाम छनोटका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति बनाइएको थियो ।

समितिमा सत्तारुढ दल नेकपाको तर्फबाट तामाङसहित सत्तारुढ दलकै बलदेव रेग्मी, , प्रेम प्रकाश भट्ट, चुनकुमारी चौधरी रहेका थिए । समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट श्यामलाल राना राना थारु रहेका थिए ।

उक्त समितिले स्थायी राजधानीको लागि कैलालीको गोदावरी नगरपालिका- ४ र २ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर पश्चिम, गोदावरी-धनगढी-डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो । असोज १२ गते दुईतिहाइ बहुमतले उक्त स्थान नै स्थायी राजधानी घोषणा भयो तर, कार्यान्वयन भने अझै हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय