१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

जब प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजीले बालेनलाई पक्रन खोजे, देउवा र सिके रावतले रोके



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयर शाहलाई पक्राउ गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले सार्वजनिक गरेका छन्।

अध्यक्ष राउतले सोमबार कान्तिपुर टेलिभिजनको फायरसाइडु कार्यक्रममा अन्तर्वार्ता दिँदै त्यति बेला मेयर शाहलाई पक्राउ गर्न प्रचण्ड सरकारले गोप्य बैठक डाकेको बताए । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए राउत भन्छन् ।

सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएकाले क्रूद्ध बनेका प्रचण्डले उक्त बैठकमा राउतसँग सल्लाह मागे। के गर्ने भनेर सोधे। त्यति बेला काठमाडौं मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले बताएका छन्।

मेयर शाहलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान रहेको उनले बताए। भने, उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेन शाहलाई पक्रन हुँदैन भन्ने अडान राखेको उनले खुलाएका छन्। उक्त बैठकमा कांग्रेस सभापति र माओवादी अध्यक्षको फरक विचारबाट आफूले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीच फरक देखेको पनि राउतले बताए।


प्रतिक्रिया दिनुहोस !