Wednesday, February 19, 2025

ट्रेन्डिङ :

सरकारले खारेज गर्‍यो राष्ट्रिय भूमि आयोग

spot_img
spot_img

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो। सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन आयोग गठन गरेको थियो।

कांग्रेस नेतृत्वको पालामा बनेको आयोग खारेजीमा परेपछि अब नयाँ आयोग बनाउने तयारी सरकारले गरेको छ। तर यो आयोग हरेक पटक सरकार फेरिएसँगै खारेजीमा पर्ने गरेको छ। हरेक सरकारले आफूअनुकुल यो आयोगका प्रमुख र सदस्य नियुक्त गर्दै आएका छन्।

भूमिसम्बन्धी ऐन २०२१ मा भूमि व्यवस्थापन र भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरिने व्यवस्था छ। यसअघि २०७८ भदौमा शेरबहादुर देउवा नेतृत्वको सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको थियो। त्यसबेला नहेन्द्र खड्कालाई उपाध्यक्ष नियुक्त गरिएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?