१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

महरालाई हाजिरी जमानीमा छाडिँदै, अदालत नलगिने



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएको छ। बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी) ले अदालत नलैजाने भएको हो।

हाजिरी जमानीमा छाड्नका लागि उनको फाइल सरकारी वकिल कार्यालयमा पठाइसकिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। सरकारी वकिल कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाइने भएको छ।

पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो। त्यसपछि अदालतकै आदेशअनुसार महरा अहिले उपचारका लागि नर्भिक अस्पतालमा छन्। इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस !