Thursday, February 6, 2025

ट्रेन्डिङ :

‘कमेडी च्याम्पियन’को टीम चढेको कार भक्तपुरमा दुर्घटना

spot_img
spot_img
spot_img

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना भएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएकाे छ ।

दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् भने चारजनाको उपचार भैरहेको छ । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?