१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

इच्छाविपरीत रङ्ग नदल्न जिल्ला प्रशासन कार्यालय गुल्मीको अनुरोध



जिल्ला प्रशासन कार्यालय गुल्मीले फागु अर्थात् होली पर्वमा कसैको इच्छाविपरीत रङ्ग नदल्न अनुरोध गरेको छ । आइतबार पहाडी जिल्ला तथा उपत्यकाका जिल्ला र सोमबार तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।

रङ्गहरुको पर्वको रुपमा मनाइने होलीमा कसैको इच्छाविपरीत रङ्ग दल्ने, लोला हान्ने बाटोमा लुकेर बटुवालाई रङ्ग लगाउने र बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने काम गर्न नहुने प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

फागु अर्थात् होली पर्व सभ्य रुपमा मनाउन आग्रह गर्दै कानुन विपरित हुने कुनै पनि गतिविधिहरु गर्न नहुने उहाँले बताउनुभयो । कहि कतै कानुन विपरीतका कार्यहरु भए गरेको पाइएमा प्रचलित नियम अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !