Saturday, February 8, 2025

ट्रेन्डिङ :

पोखराबाट बुद्ध र यति एयरका दुई जहाज काठमाडौँ फर्किए

spot_img
spot_img
spot_img

काठमाडौं । बुद्ध र यति एयरका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किएका छन्। आइतबार बिहान काठमाडौँबाट पोखराको लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज पोखरामा ल्यान्ड हुन नसकेपछि काठमाडौँ नै फर्किएको हो। त्यसैगरी यतिको पनि एउटा जहाड काठमाडौँ फर्किएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदीले काठमाडौँबाट पोखरा आएका दुई विमान ल्यान्ड हुन नसकेर फर्किएको जानकारी दिइन्।

सुवेदीका अनुसार विमानस्थलको धावनमार्ग रातो खालको किरा धमिराहरू बढेका छन्। हिजो अस्तीबाट पानी परेका कारण किराहरु बढेका उनले बताइन्। हाल विमानस्थलबाट किराहरु हटाउने काम भइरहेको उनको भनाई छ। एउटा बुद्ध र एउटा यतीको विमान काठमाडौँ फर्किएका र अर्को बुद्धको विमान आकाशमै होल्ड गरिएको प्रमुख जसोदा सुवेदीले जानकारी दिइन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?