१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

गम्भीर लापरबाही गरेको भन्दै निगम अध्यक्षलाई स्पष्टीकरण, जवाफ नदिए कारबाही



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । निगमले हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो । निगम व्यवस्थापनले सात दिनभित्र जवाफ दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

निगमको कन्टिन्युइन एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन डिपार्टमेन्ट ६ महिनादेखि नेतृत्वविहीन बनेको छ । सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विभाग नै नेतृत्वविहीन हुँदा उडान सुरक्षामा असर पर्ने प्राधिकरणले निष्कर्ष छ । उक्त समयावधिमा जवाफ नदिए नागरिक उड्डयन नियमावाली २०५८ बमोजिम कारबाही हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

चार महिनाअघि युरोपियन युनियनले देखाएको कमीकमजोरीमा पनि उल्लेखनीय सुधार नगरेको भेटिएको छ । निगमले आफ्नो जहाज मर्मत सम्भारमा पनि लापर्बाही गर्दै आएको प्राधिकरणले जनाएको छ ।

इन्जिन प्राप्तिको उचित योजनाबिना विमान इजरायलमा राखिएको थियो । यसले निगमलाई थप आर्थिक भार पर्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच वर्षअघि नै मर्मत सम्भारको लागि स्वीकृति दिएको थियो । तर, अहिलेसम्म पनि प्रगति हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !