१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

उपराष्ट्रपति रामसहाय प्रसाद यादवको भाउजुको निधन



उपराष्ट्रपति रामसहाय प्रसाद यादवको भाउजु लालमति देवी यादवको ६७ वर्ष उमेरमा बुधबार बिहान ब्रेन ह्याम्रेजका कारण निधन भएको छ । उपराष्ट्रपति यादव आफ्नी भाउजुको अन्तिम दर्शन गर्न र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न आजै बारास्थित पुर्खौली गाउँ सिम्रौनगढ-९ बसबरिया जानु भएको छ । आजै धार्मिक र जातिय संस्कार अनुसार दाहसंस्कार गरिने भएको छ । 

बसबरियाकी स्थायी बासिन्दा लालमति देवी लामो समयदेखि मुटु रोगी भई नेपाल र भारतका विभिन्न अस्पतालमा स्वास्थ्य उपचार गराइ रहनुभएको थियो । उहाँ उपराष्ट्रपति यादवका ठूलो दाजु रामधारी प्रसाद यादवको धर्मपत्नि हुनुहुन्थ्यो । लालमति देवीका तीन छोरा, दुई छोरी र श्रीमान हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस !