Saturday, January 18, 2025

ट्रेन्डिङ :

साकुरामय बन्यो जापान

spot_img
spot_img
spot_img

गर्मी लाग्नुपर्ने भए पनि अझै हिउँ पर्दैछ । जाडोको कारणले हुनसक्छ यो वर्ष साकुरा फुल्न केही ढिला भएको छ । 

चैतको मध्यबाट फुल्न सुरु भएर चैत अन्त्यसम्म टोकियो वरिपरि साकुरा फुल्न सक्ने जानकारी मौसम विभागले दिएको छ । 

जापानी नाम साकुरा भए पनि नेपालीले यो फूललाई  पय्यौको फुल भन्ने गर्छौँ । यो फूललाई अङ्ग्रेजीमा चेरी भन्ने गरिन्छ । जापानबाहेकको देशमा मौसमअनुसार चेरी फुल्ने गर्छ । साना ठुला रुखहरूमा फुल्ने भए पनि साकुरा फुल्दा बोटमा पातहरू भने हुँदैनन् । बोटैभरी साकुरामात्र फुल्नेगर्छ । 

जब साकुरा झरे पछि मात्र पातहरू पलाउने गर्छ । साकुरा फूलको पत्रपत्र झरेपछि त्यसैमा फल लाग्ने गर्छ । त्यस फललाई साकुराम्बो अर्थात् अङ्ग्रेजीमा चेरी भन्ने गरिन्छ । 

साकुराको बारेमा अनौठो चाहिँ वर्षमा एक पटक फुल्ने र  हप्ता दश दिनमा झर्न सुरु हुन्छ । ओकीनावाबाट फुल्न सुरु हुँदै होक्काईदोमा फुलेपछि यो वर्षको साकुरा सकिन्छ । 

तापक्रम र हावा तलबाट माथि बग्ने भएर  होला साकुरा फुल्ने समय त्यही अनुसार भएको ताल तलैया खोलानाला पार्क चौर जङ्गल जताततै साकुराको पत्रपत्र झरेपछि सेतै हुने गर्छ ।

अर्को अनौठो चाहिँ साकुरा नेपालबाट जापान लगेको केही किताबमा पाइन्छ । तर कोही जापानीलाई यसबारेमा थाहा नै छैन । किताब देखाउँदा उनीहरू अचम्म मान्ने गर्छन् । लेखक सिन्जानस्या पनि अचम्म मान्ने गर्छन्। 

साकुरालाई जापानमा धेरै महत्त्व दिए पनि यो जापानको राष्ट्रिय फूल होइन । आधिकारिक राष्ट्रिय फूल चाहिँ किकु हो र यो नेपालको गोदावरी जस्तैलाई जापानमा राष्ट्रिय फूल मानिन्छ । 

पार्क जङ्गल खोला किनारा तालको डिलमा बाटोघाटो जताततै फुल्ने समयमा भेटघाट खानपिनका लागि ३–४ महिनाअघिबाट हितैषी मित्रजन आफन्तजन परिवार एउटै स्कुल कम्पनी हुनेहरूसँगै खाना खाने गर्छन् जुन चलनलाई हानामी भन्ने गरिन्छ । 

नेपाली अर्थमा फुल हेर्ने भन्नेहुन्छ । यो समय जापानमा सबैभन्दा बढी फोटो भिडियो किल्क हुनेगर्छ ।अर्थात् सोसल नेटवर्किङ साइटमा जापानबाट फोटो भिडियो अपलोड हुनेगर्छ । 

मिठो मानेर स्वाद लिइलिई खाने जापानीहरू हितैषी आफन्तको साथ साकुराको सेतोरंगमा प्रफुल्लित हुँदै खादा स्वादिष्ट हुने बताउँछन् । 

कोही नभए पनि एक्लै बेन्टो (प्याक गरेको खाना) बोकेर साकुरा हेर्दै खाने गर्छन् । वर्षभरिको दुःख कष्ट, पीडा, पिर सबै बिर्सने र मन ज्यादै प्रफुल्लित हुने बताउँछन् । जापानमा रहेका विदेशी पनि यो परम्परालाई छोड्न चाहँदैन । 

यस्तैमा नेपालीहरू पनि के कम मासु पोलेर मदिरापान गर्न र पिकनिक मनाउने गर्छन् । विभिन्न सङ्घ, संस्था, क्लबहरूले विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छन् । चैतको अन्त्यतिर टोक्यो आसपास साकुरा हेर्दै हानामी मनाउँदै खाने गरिन्छ । 

Source : Gorakhapatra Online

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?