१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित



काठमाडौं । सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको वैदेशिक रोजगार विभागले जनाएको हो । नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउँदै आइएको थियो । विभागले एक सूचना जारी गर्दै हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेकोसमेत विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !