Wednesday, March 19, 2025

ट्रेन्डिङ :

हरेक वर्षका हुने नेपाल-भारत विद्युत सम्झौता तीन महिनाको लागि मात्रै नवीकरण

spot_img
spot_img

काठमाडौं । तीन महिनाको लागि नेपाल भारत विद्युत सम्झौता नवीकरण भएको छ। हरेक वर्ष नवीकरण गर्नुपर्ने सम्झौता यो पटक ३ महिनाको लागि मात्रै भएको हो। यसअघि १ वर्षको लागि नवीकरण हुने गरेको थियो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले सम्झौता नवीकरण भएको जानकारी दिए। उनका अनुसार मुजफ्फरपुर-ढल्केबर प्रसारणलाइनबाट ५०० मेगावाट र महेन्द्रनगर-टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट विद्युत् नेपाल आयात हुनेछ।

२०७८ सालमा ५ वर्षको लागि नेपाल भारत विद्युत सम्झौता भएको थियो। जसअनुसार ४ सय ५० मेगावाटसम्म आयतनिर्यातको सम्झौता छ। तर यो पटकको नवीकरणमा भने ५ सय ५४ मेगावाटको सम्झौता भएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?