१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

बिना मगरलाई सहईन्चार्ज अस्वीकार गर्दै पाँच केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार



कैलाली । माओवादी केन्द्रका पाँच जना केन्द्रीय सदस्यहरूले सुदूरपश्चिम प्रदेशको सहईन्चार्ज बिना मगरलाई नस्वकार्ने भन्दै बैठक नै बहिष्कार गरेका छन् । फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहईन्चार्जमा बिना मगरलाई जिम्मेवारी तोकिएको थियो । तर जुनियरलाई सहईन्चार्ज बनाएको भन्दै सोही दिनबाट विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् ।

केन्द्रीय सदस्यहरु हेमराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् । प्रदेश इन्चार्ज पोख्रेल, सहईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनिअर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् । यस अघि प्रदेश अध्यक्षले पार्टी अध्यक्षसँग छलफल गर्ने बताएको तर, आजको छलफलमा स्थानीय कमिटी बैठकले गरेकै निर्णय अनुसारको धारणा आएपछि पाँच जनाले सामूहिक धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !