१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

पाँचबुँदे सहमतिपछि जोगियो मुख्यमन्त्री शालिकराम जम्कट्टेलको कुर्सी



काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलबीच बागमती प्रदेशमा सरकार निर्माण गर्ने सहमति भएको छ । बिहीबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ । उनीहरूबीच प्रदेशसभाको बाँकी पूरै कार्यकालका लागि सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको नेतृत्व केन्द्रको निर्णयअनुसार सहकार्य गरेर गर्ने भनिएको छ ।

दलहरूबीच सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र गठन गरेर साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति भएको छ । सहमतिपत्रमा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् । ११० सदस्यीय वाग्मती प्रदेश सभामा बहुमतका ५६ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनका दलमध्ये एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सांसद छन् । हाम्रो नेपाल पार्टीका दुई सांसद थपिएसँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !