१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

बज्राचार्य मन्त्री बनेपछि हानेपामा भाँडभैलो, सरकारबाट फिर्ता नआए कारबाही गर्ने चेतावनी



काठमाडौं । हाम्रो नेपाली पार्टी ९हानेपा० ले सत्ता गठबन्धनले आफ्ना सांसद शैलेन्द्रमान बज्राचार्यको राजनीतिक अपहरण गरेको आरोप लगाएको छ। ६ दिनअघि मात्र समर्थन फिर्ता लिएको हानेपाका बज्राचार्य बागमती सरकारमा सामेल भएपछि आज बिहान हेटौंडामा पत्रकार सम्मेलन गरी हानेपाका अध्यक्ष अनन्त राज घिमिरेले प्रदेशका सत्ता साझेदार दलले उनको राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाएको हो।

यही चैत ३ र ४ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत सांसद बज्राचार्य सररकारमा सहभागी भएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले सरकारलाई विश्वासको मत दिए उनलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। बज्राचार्यले राजनीतिक बेइमानी गरेको आरोप उनले लगाए।

हिजो मात्रै प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त बज्राचार्य भने कसैले अपहरण नगरेको बताउँछन्। नवनियुक्त, मन्त्री बज्राचार्यले आफ्ना निर्वाचन क्षेत्रका मतदाताको मागलाई पूरा गर्न सरकारमा सहभागी भएको बताए ।

बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८९१० मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन्।


प्रतिक्रिया दिनुहोस !