१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

लोकेश बमको विष्फोटक अर्धशतक



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’बाट लोकेश बमले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट लोकेशले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाए ।

जारी खेलेको १४ ओभर समाप्त हुँदा नेपाल ‘ए’ले तीन विकेट गुमाएर १४८ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो । अहिले लोकेशले ४७ बलमा ८४ रन र आरिफ शेखले १७ बलमा ३२ रनमा खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !