१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

छक्का र चौका वर्षाउदै लोकेश बमले बनाए सानदार शतक



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’बाट लोकेश बमले सानदार शतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट लोकेशले ५२ बलमा आठ चौका र आठ छक्काको मद्दतमा आक्रमक शतक बनाए ।

जारी खेलेको १५.१ ओभर समाप्त हुँदा नेपाल ‘ए’ले तीन विकेट गुमाएर १८२ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो । अहिले लोकेशले १०१ बलमा ८४ रन र आरिफ शेखले १७ बलमा ३९ रनमा खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !