१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नेपालमा युरोप पठाउने भन्दै करोडौँ असुली, दिल्ली पुर्याएर एक महिनासम्म बन्धक



काठमाडौं । मधेसका युवाहरूलाई लक्षित गरेर वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरोहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गिरोहले मधेसका विभिन्न जिल्लाका २२ जना युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टालगायतका देशमा पठाउने प्रलोभन देखाएर दिल्ली पुर्‍याएको थियो । तर, दिल्लीमा युवाहरूलाई एक महिनासम्म बन्धक बनाएको प्रहरीले जनाएको छ । गिरोहलाई कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवनका रूपेश ठाकुर, सर्लाहीकै कृष्णबहादुर राई, पर्वराज पाण्डे छन् । राईको टप च्वाइस एजुकेसन कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै युवारहरूबाट करोडौँ रुपैयाँ असुल गरिएको थियो । गिरोहले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैँयासम्म ठगी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा डीएसपी पन्थी नेतृत्वको टोली आठ महिनाको अवधिमा २८० जनालाई पक्राउ गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस !