१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु



काठमाडौं । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ। प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन्। उनीहरूको परिचय खुल्न बाँकी छ। तर मृतक सबै गोरखाका भएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !