Friday, January 24, 2025

ट्रेन्डिङ :

होटल व्यवसायीको कुटपिटबाट भारतीय युवकको मृत्यु

spot_img
spot_img
spot_img

विराटनगर | मोरङको उर्लाबारी नगरपालिकामा एक होटल व्यवसायीको कुटपिटबाट ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।

उर्लाबारी नगरपालिका ७ मा अवस्थित यूनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङकाे कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रमुख सन्तोष खड्काले जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काका अनुसार भारतको दार्जिलिङ घर भएका सुशील विगत १० वर्षदेखि परिवारसहित उर्लाबारी क्षेत्रमै सुनचाँदीको काम गर्दै आएका थिए। उनी सुनको नमूना बनाउने कालिगढ भएको प्रहरी उपरीक्षक खड्काले बताए।

घटना भएको आइतबार राती मादकपदार्थ सेवन गरेका मल्लिक श्रीमतीसहित होटलमा पुगेको प्रहरीले जनाएको छ । यसक्रममा होटलमा विवाद गर्दै सेवनका लागि मदिरा माग्न थालेपछि होटल सञ्चालकसँग झगडा परेको प्रहरीको भनाई छ।

विवाद बढ्दै गएपछि तामाङले कुटपिट गर्दै धकेलेर लडाइदिँदा मल्लिक बेहोस भएका थिए। ठोक्किएर टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई तत्काल उपचारका लागि उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो।

गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल पुराएको प्रहरीले जनाएको छ।

बी एण्ड सीमा समेत उपचार सम्भव नभएपछि भारतको सिलिगुढी रेफर गरेको प्रहरीले जनाएको छ। मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको बताइएको छ । प्रहरीले मल्लिकको शव नेपाल ल्याउन पहल गरिरहेको छ।

अर्कोतर्फ, उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयले कुटपिटमा संलग्न तामांगविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालेको जनाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?